सुन्छु हल्ला पराई हातले तिम्रो सिउदो भर्यौ अरे
मेरो मनको बस्ती बाट अन्तई बसाई सर्यौ अरे
मेरो घर त झुपडी हो तिम्लाई बस्न सुहाएन
चाहना थियो महल तिम्रो महलमा नै पर्यौ अरे
भुल्यौ होला दुखी संग खाएका ती कसमहरू
पराई संग संगै बाच्ने बाचा कसम गर्यौ अरे
फुलाऊछू भन्थ्यौ तिम्ले पिरतिका फुलहरू
बिजहरू पिरतिको अन्तई तिर छरयौ अरे
आनन्द नै हुन्थ्यो तिम्लाई मेरो घरको बाटो हिड्दा
भेट हुने डरले आज अर्कै बाटो झरयौ अरे

No comments:
Post a Comment