GAJAL

सुन्छु हल्ला पराई हातले तिम्रो सिउदो भर्यौ अरे 
मेरो मनको बस्ती बाट अन्तई बसाई सर्यौ अरे 

मेरो घर त झुपडी हो तिम्लाई बस्न सुहाएन 
चाहना थियो महल तिम्रो महलमा नै पर्यौ अरे 


भुल्यौ होला दुखी संग खाएका ती कसमहरू 
पराई संग संगै बाच्ने बाचा कसम गर्यौ अरे 

फुलाऊछू भन्थ्यौ तिम्ले पिरतिका फुलहरू 
बिजहरू पिरतिको अन्तई तिर छरयौ अरे 

आनन्द नै हुन्थ्यो तिम्लाई मेरो घरको बाटो हिड्दा 
भेट हुने डरले आज अर्कै बाटो झरयौ अरे

Comments

Popular posts from this blog

गहभरि आशु तिम्रो देख्न सकिन