गहभरि आशु तिम्रो देख्न सकिन

गहभरि आशु तिम्रो देख्न सकिन
आफैले आफ्नै घाँटी रेट्न सकिन

अन्तिम चिठी लेख्छु भन्थे मनका कथा संगालेर
आँशुले नै कापी भिज्यो लेख्न सकिन

हुरी आयो बतास आयो उडाइ लग्यो रहर हरु
कति थाम्न खोजे तर छेक्न सकिन

सम्झनाले छाती पोल्छ छट्पट्टिन्छु दिनरात
आँशुले धोई तिम्रो याद मेट्न सकिन

कति टाढा गयौ कुन्नि मेरो मनको बस्ति बाट
भ्टने आशा मनमा थियो भेट्न सकिन

Comments

Popular posts from this blog

आईसीसी बल्ड कप ट्वान्टी ट्वान्टी बङ्गलादेश २०१४ (नेपाल खेल्ने खेल तालीका)