वर्षापछिको आकाश

वर्षापछिको आकाश जस्तै छर्लंग खुल्नु प्रिय
बिगतका तितामिठा सबै क्षण भुल्नु प्रिय

हात समाउन छाडिसकेउ तिम्ले मेरो आज
अर्कैको हात समाई संसार डुल्नु प्रिय


तिम्रै हो यो सर जीवन समर्पण गरे भन्थ्यौ
अर्कै संग चिनिपानी घुले सरि घुल्नु प्रिय

तिम्रैलागी फुल्छु भन्थ्यौ गुलाबको फुलसरी  
अन्तै बसाई सर्यौ आज उतै तिर फुल्नु प्रिय

Comments

Popular posts from this blog

आईसीसी बल्ड कप ट्वान्टी ट्वान्टी बङ्गलादेश २०१४ (नेपाल खेल्ने खेल तालीका)